दफा २२०
पुनरावलोकन सम्बन्धी व्यवस्था

(१) कुनै अदालतबाट फैसला वा अन्तिम आदेश गरिसकेको मुद्दा सोही अदालतबाट पुनरावलोकन गरिने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सर्वोच्च अदालतले प्रचलित कानूनको अधीनमा रही देहायको अवस्थामाआफ्नो फैसला वा अन्तिम आदेशको पुनरावलोकन गर्न सक्नेछ:-
(क) मुद्दामा भएको इन्साफमा तात्विक असर पर्ने किसिमको कुनै प्रमाण वा तथ्य मुद्दाको किनारा भएपछि मात्रसम्बन्धित पक्षलाई थाहा भएमा वा अन्य कुनै किसिमले पत्ता लागेमा, वा
(ख) सर्वोच्च अदालतबाट स्थापित नजिर वा कानूनी सिद्धान्तको प्रतिकूल फैसला वा अन्तिम आदेश भएको देखिएमा।
(३) पुनरावलोकनको लागि निवेदन दिँदा सर्वोच्च अदालतका न्यायाधीशले फैसला वा अन्तिमआदेशमा हस्ताक्षर गरी प्रमाणीत गरेको मितिले साठी दिनभित्र दिनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम परेको निवेदन उपर पहिला फैसला गर्ने न्यायाधीश बाहेकका अन्यन्यायाधीशबाट अनुमति प्रदान गर्ने वा नगर्ने आदेश गर्नु पर्नेछ।
(५) देहायको अवस्थामा सर्वोच्च अदालतले आफ्नो फैसला वा अन्तिम आदेशको पुनरावलोकन गर्ने छैन:-
(क) एक पटक त्यस्तो फैसला वा अन्तिम आदेशको पुनरावलोकन गरिसकेको,
(ख) बृहत पूर्ण इजलासबाट फैसला वा अन्तिम आदेश भएको,
(ग) संवैधानिक इजलासबाट निर्णय भएको,
(घ) यो संहिता प्रारम्भ हुनुअघि प्रचलित कानूनबमोजिम मुद्दा दोहोर्‍याई फैसला भएको, वा
(ङ) दफा २१९ बमोजिम दोहोर्याई हेरिएको मुद्दामा उच्च अदालतको इन्साफ सदर भएको वा दोहोर्‍याई हेर्नेनिस्सा नभएको ।